नेपाल टी-२० लिग स्थगित हुने संम्भावना

नेपालभ्युज

नेपाल टी-२० लिग स्थगित हुने संम्भावना

काठमाडौं । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग स्थगित हुने संम्भावना देखिएको छ । गृह मन्त्रालयले बुधबार क्यानलाई एक पत्र लेख्दै सो प्रतियोगिता चुनावपछि गर्न आग्रह गरेका कारण टी-२० लिग स्थगित हुने संम्भावना देखिएको हो ।

लिग सुरु हुनु १० दिन मात्र बाँकी रहेका बेला गृह मन्त्रालयले सुरक्षाको कारण देखाएर पछि सार्न आग्रह गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सेनाले क्यानलाई  पत्र लेख्दै  चुनावका कारण खेलाडीहरुको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भएकाले चुनावपछि मात्र प्रतियोगिता गर्न आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ -‘नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीहरुको बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थको लागि अनुरोध भइ आएकोमा आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरु हुने भएको हुँदा सो निर्वाचन पश्चात उक्त कार्यक्रमको व्यवस्थापन गर्न हुन आदेशानुसार अनुरोध छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved