महाबौद्धमा महानगरको माइकिङ, अनधिकृत संरचना भोलिसम्ममा नहटाए कारबाही

नेपालभ्युज

महाबौद्धमा महानगरको माइकिङ, अनधिकृत संरचना भोलिसम्ममा नहटाए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन लागेको छ ।

महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरूले अनधिकृत रूपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृतरूपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।

भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाइएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

केही व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैँले हटाएका छन् भने केहीलाई महानगरले हटाउन दबाब दिइररहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरू, नक्साविपरीत प्रयोग भएका बेसमेन्टहरू, मापदण्डविपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved