अभिभावक सचेत बनौं : मोबाइल चलाउँदा बाबुले गाली गरेपछि बालिकाले गरिन आत्महत्या

नौ कक्षामा पढ्ने एक बालिकाले मोबाइल खेलाउँदा बुबाले पिटेपछि आत्महत्या गरेकी छन् । मोबाइलमा धेरै गेम खेलेको भन्दै बुबाले गाली गरेपछि ति बालिकाले आफ्नो कोठमा गएर फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ ।

नेपालभ्युज

काठमाडौं । भारतको उत्तरप्रदेशमा मोबाइलको प्रयोगलाई लिएर यस्तो घट्ना घटेको छ कि सबै अभिभावकलाई सोच्न बाध्य पारेको छ ।

प्रयागराजकी नौ कक्षामा पढ्ने एक बालिकाले मोबाइल खेलाउँदा बुबाले पिटेपछि आत्महत्या गरेकी छन् । मोबाइलमा धेरै गेम खेलेको भन्दै बुबाले गाली गरेपछि ति बालिकाले आफ्नो कोठमा गएर फाँसी लगाएर आत्महत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मोबाइलका कारण यस्तो घटना भएको पहिलो भने होइन । उत्तरप्रदेशकै संतकबीर नगरमा केहीदिन अघि १० कक्षामा बढ्ने बालिकाले पनि मोबाइल चलाउँदा अभिभावकले गाली गरेपछि घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन ।

बच्चामा हुने मानसिक समस्याका कारण यस्तो घट्ना बढिरहेको छ । तर ३३ प्रतिशत अभिभावकले यो चाल नै पाउँदैनन् । एक अनुमान अनुसार अहिले १० प्रतिशत बच्चामा कुनै न कुनै खालको मानसिक रोग पाइन्छ । तर धेरै अभिभावकलाई यसको जानकारी नै हुँदैन ।

मानसिक रोग विशेषज्ञका अनुसार मोबाइलमा गेम खेलने लत एक प्रकारको मानसिक रोग नै हो जसलाई ‘प्याथोलोजिकल गेमिंग’ भनिन्छ । कोभिड महामारीका कारण यो रोग लाग्ने बालबालिकाको संख्या निकै बढेको छ।

यस्तो खालको मानसिक रोग लाग्दा औषधिले निको हुँदैन । अभिभावकले नै आफ्ना बच्चालाई निगरानीमा राख्नुपर्छ । समयमै परामर्ष दिएरै यस्तो लतबाट छुट्कारा दिनुपर्ने विज्ञको राय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved