नेकपा एसका जिल्ला अध्यक्षको घर तोडफोड, अपहरणको प्रयास

नेकपा एसका जिल्ला अध्यक्षको घर तोडफोड, अपहरणको प्रयास

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित घरमा हतियारधारी समूहले तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेको छ ।

शनिबार बिहान करिब ३ बजे अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

हतियारधारी समूह अध्यक्ष बस्नेतलाई अपहरण गर्ने तयारीसहित आएको तर उनलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सो घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतले, ‘म हिजै मात्र पोखरा गएको थिए, राति पेस्तोलसहित आएको टोलीले मेरो घरको ढोका तोडफोड गरी श्रीमतीको कन्चटमा पेस्तोल ताकेर कुटपिट गरे । मेरो अपहरण गर्ने उद्देश्यले आएको आशंका मैले गरेको छु ।’

मुखमा नकावसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखेपछि फर्किएको हुनसक्ने आशंका श्रीमतीले बताएकी छन् । अध्यक्ष बस्नेतले आफू र आफ्नो घर तथा टोलको सुरक्षा गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved