मधेश प्रदेशका सबै सिटमा जसपाबाट उम्मेदवार सिफारिस

पार्टी अध्यक्ष यादव ४ जिल्लाको ४ क्षेत्रबाट सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशका सबै जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशका सबै जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

मधेश प्रदेश समितिका उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख शम्भू झाले प्रदेशको आठवटै जिल्लाका ३२ प्रतिनिधिसभा र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि प्रत्येक क्षेत्र वाट तीनजनाको नाम सिफारिस गरिएको जानकारी दिए।

उपाध्यक्ष झाले प्रदेशसभा समानुपातिकका लागि प्रत्येक जिल्ला वाट पाँच जना पुरुष र पाँच जना महिला गरी ४० पुरुष र ४० महिलाको नाम सिफारिस गरिएको जानकारी दिए।

यसै गरी प्रतिनिधिसभा समानुपातिककालागि पुरुष र महिलागरी जम्मा ७० जनाको नाम सिफारिस गरिएको छ। पार्टीका क्षेत्रीय समितिहरूको सिफारिसमा जिल्ला समितिहरूले गरेको सिफारिसलाई आधार मानी प्रदेश समितिको अधिकार प्रत्यायोजन बमोजिम मधेश प्रदेश कार्यकारिणी समितिले निर्णय गरी सिफारिस गरेको उपाध्यक्ष झाले बताए।

मधेश प्रदेश समितिका उपाध्यक्ष झाका अनुसार केन्द्रीय अध्यक्ष उपेन्द्र यादव को नाम मधेश प्रदेश का ११ निर्वाचन क्षेत्रबाट सिफारिस आएपनि प्रदेश समितिले ४ वटा क्षेत्रका लागि नाम सिफारिस गरेको छ। जसमा सप्तरी–२,सिराहा– २,धनुषा–३ र बारा–२ रहेको छ । यी मध्ये अध्यक्ष यादवको उम्मेदवार हुने जहाँबाट इच्छा भए प्रदेश समितिको पूर्ण सहयोग र समर्थन रहने छ।

एक दुईवटा अपवाद बाहेक प्रत्यक्ष तर्फ बहाल रहेका प्रदेश सभा सदस्यहरू सबैको सिफारिस गरिएको मधेश प्रदेश समितिका उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख झाले जानकारी दिए।

प्रचार प्रसार विभाग प्रमुख झाले समानुपातिक तर्फ बहाल वाला प्रदेश सभा सदस्यहरूको सिफारिस नगरिएको समेत बताए। वहालवाला समानुपातिकहरूलाई प्रत्यक्ष तर्फ र समानुपातिक प्रतिनिधिसभातर्फ सिफारिस गरिएको छ।

समितिले केन्द्रबाट उम्मेदवारहरूको अन्तिम निर्णय नहुन्जेल सम्म सिफारिसलाई आधार मानी सामाजिक सञ्जालहरूमा स्वयं उम्मेदवार भएको घोषणा नगर्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको प्रचार प्रसार प्रमुख झाले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved