साफ यू–१७ च्याम्पियनसिप

सागरको गोलसँगै नेपाल र भारतबीचको पहिलो हाफ बराबरीमा

नेपालभ्युज

सागरको गोलसँगै नेपाल र भारतबीचको पहिलो हाफ बराबरीमा

काठमाडौं। साफ यू–१७ च्याम्पियनसिप २०२२ मा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । श्रीलंकाको कोलम्बोमा जारी खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ । भारतका लागि ड्यानीले गोल गरेर अग्रता दिलाएका थिए ।

नेपालको लागि सागर दर्लामीले गोल फर्काए ।  २४औँ मिनेटमा गोल गर्दै ड्यानीले भारतलाई अग्रता दिलाएका थिए । ४५औँ मिनेटमा सागरले गोल फर्काएर बराबरीमा ल्याएका हुन् । 

समूह तालिकामा नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ भने भारत शीर्ष स्थानमा रहेको छ । बुधबार भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

सहभागी ६ टोलीलाई दुई भागमा विभाजन गरिएको छ । नेपाल, भुटान र भारतसँगै समूह बिमा रहेको छ । समूह ‘ए’ मा भने श्रीलंका, बङ्गलादेश र माल्दिभ्स रहेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved