कर्णाली स्वास्थ्य प्रतिष्ठानमा के भएको थियो ? जसका कारण ६० जनाले राजीनामा दिए

सोही उजुरीका आधारमा जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । डा. साहलाई कुट्ने शाहीलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । उनलाई प्रतिष्ठानले जागिरबाट समेत निकालेको छ ।

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा के भएको थियो ? जसका कारण ६० जनाले राजीनामा दिए

सुर्खेत । यही भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चौथो तहका कर्मचारी धनबहादुर शाही आफ्नो छोराको टाँका काट्न ईमर्जेन्सी विभागमा पुगे ।

इमरजेन्सीमा ड्युटीमा रहेका डा. करण साहसँग उनको टाका काट्ने बिषयमा भनाभन भयो । विवाद बढेपछि शाहीले डा. साहमाथि जाइलागे । कुटाइबाट डा.साह घाइते भए ।

चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालकमाथि डा. साहले हिंसा गरेको भन्दै प्रहरीमा यही भदौ १३ गते जाहेरी पर्‍यो । आमा आशा हमाल (शाही)ले उजुरी दिएकी थिइन । सोही उजुरीका आधारमा जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ ।

डा. साहलाई कुट्ने शाहीलाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । उनलाई प्रतिष्ठानले जागिरबाट समेत निकालेको छ । डा.साह कुटिनुभन्दा अगाडिको सीसीटिभी फुटेज सार्वजनिक गरेर बाल अधिकार हननको मुद्दा लगाइएपछि
घटनाले अर्को मोड लिएको छ ।

अदालतले डा.साहका नाममा पक्राउ पुर्जी जारी गरेपछि झुट्ठा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले इमर्जेन्सीबाहेकका सेवा बन्दको घोषणा गरे । यस्तै बुधबार बेलुका नै विज्ञप्ती निकालेर ‘भययुक्त वातावरणमा काम गर्न नसक्ने’ भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा पनि गरेका छन् ।

उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थानीय प्रशासनलाई समेत बोधार्थ पठाएका छन् । उपकुलपति डा. रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा  इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा.साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह रहेको भन्दै सामूहिक राजीनामा दिन बाध्य भएको उल्लेख छ ।

घटनालाई अतिरञ्जित गरेर डा. साहमाथि नै झुट्टो मुद्दा लगाइएको भन्दै स्थानीय केही अराजक व्यक्तिले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास गरिएको पनि उनीहरुले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved