असोज १ गतेदेखि टिकट अग्रिम बुकिङ खुल्ने

नेपालभ्युज

असोज १ गतेदेखि टिकट अग्रिम बुकिङ खुल्ने
फाइल तस्वीर

काठमाडौं। दसैं तिहारका लागि आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ  खुल्ने भएको छ ।  मंगलबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।

अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।

योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved