एकैदिन ३४ सय १९ जना सवारी चालकमाथि कारबाही

नेपालभ्युज

एकैदिन ३४ सय १९ जना सवारी चालकमाथि कारबाही
फाइल तस्वीर

काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४१९ जना सवारी चालकलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लङ्घन गर्ने ९२ जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रातो बत्तीको उल्लंघन गर्ने ८६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालकमाथि पनि कारबाही गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved