बाइडेन अहिलेसम्मकै खराब राष्ट्रपति : ट्रम्प

नेपालभ्युज

बाइडेन अहिलेसम्मकै खराब राष्ट्रपति : ट्रम्प

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान ब्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । ब्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलोपटक सार्वजनिक रूपमा देखापरेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग गर्‍यो ।’

ट्रम्पले विल्क्स–ब्यारे सहरमा भएको र्‍यालीमा समर्थकहरूलाई भने, ‘कानुनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

ट्रम्पले भने, ‘अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ । बाइडेन देशकै शत्रु भएको उनले संगीन आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved