घट्दैछन् काेराेनाका सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा ३५ सय ३७ जनाको परीक्षण गरिएको थियो।

नेपालभ्युज

घट्दैछन् काेराेनाका सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा ३५ सय ३७ जनाको परीक्षण गरिएको थियो।

तीमध्ये १३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा दुई जना संक्रमितको दुखद निधन भएको छ।

हाल नेपालमा सक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ४२ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved