‘प्रकाश’ हेरेपछि रवीन्द्र मिश्रले भने– फिल्म हेरेर पहिलोपटक रोएँ

रवीन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन्। आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन्।

नेपालभ्युज

‘प्रकाश’ हेरेपछि रवीन्द्र मिश्रले भने– फिल्म हेरेर पहिलोपटक रोएँ

काठमाडौं। रवीन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन्। आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन्।

’आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौं। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो’ उनले भनेका छन्।

काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गरेका छन्। सिनेमाका दृश्यले आफ्नो भावनासँग जोडिएको उनको भनाइ छ। उनले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन्।

’शहरमा हुर्केका–बढेका, कर्णाली (र सुदूरपश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछु’ उनले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved