फिफाले भारतीय फुटबलको निलम्बन फुकुवा गर्‍यो

नेपालभ्युज

फिफाले भारतीय फुटबलको निलम्बन फुकुवा गर्‍यो

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई लगाएको निलम्बन फुकुवा गरेको छ ।

शनिबार बिहान बसेको फिफा काउन्सिलको बैठकले भारतीय फुटबलमाथिको निलम्बन फिर्ताको निर्णय गरेको हो । फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै फिफाले गत साउन ३१ गते निलम्बन गरेको थियो ।

फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने समेत जनाएको छ । साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved