राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन : महानगर

नेपालभ्युज

राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन : महानगर

काठमाडौं । गत वर्ष मात्रै यो भवन बनाएको राहदानी विभागले नक्सा पास नगरेको काठमाडौं महानगरपालिकाले  बताएको छ । राहदानी विभागको कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो ।

नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेर अहिले बेसमेन्ट खाली गराइरहेको छ ।

‘यसअघि, पनि मेयरसा’बले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनुभएको थियो,’ महानगरका एक अधिकारीले भने,’तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर मानेको थिएन ।’ विभागले बेसमेन्ट वेटिङ रुमका रूपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दाबी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।

‘हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन,’ महानगरका एक अधिकारीले भने,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेस गर्न भन्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved