बालेनको अपिल- कृपया ! सडकमा फोहोर विसर्जन नगरिदिनुहोला

नेपालभ्युज

बालेनको अपिल- कृपया ! सडकमा फोहोर विसर्जन नगरिदिनुहोला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा फोहोर विसर्जन नगर्न सर्वसाधारणलाई अपिल गरेका छन् । विहीबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले फोहोर घरघरबाट नियमित संकलन गर्न थालिने आश्वासन पनि दिएका छन् ।

‘फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म जाने क्रम जारी छ,’ उनले भनेका छन्, ‘अब घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुन थाल्ने छन् ।’

उनले अगाडि लेखेका छन्, ‘यसैले कृपया ! सडकमा फोहोर विसर्जन गर्ने नगरिदिनुहोला । सबैको सहभागिता र योगदानबाट मात्रै हामीले सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्छौँ । विश्वास छ, साथ दिनुहुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved