सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

नेपालभ्युज

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहीबार विहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धले बनाएको कार्यदलले सिटको टुंगो लगाउन सकेको छैन । बिहीबारको शीर्ष नेताहरुको बैठकले केहि सहमति गर्न सक्ने सम्भावना छ ।

गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो । यसअघि सोमबार र मंगलबार निरन्तर गठबन्धनको बैठक बसेको थियो । बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने भनिएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाहिर भएपछि बैठक स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved