जेल चलान भए मलेसियाका पूर्वप्रधानमन्त्री रजाक

नेपालभ्युज

जेल चलान भए मलेसियाका पूर्वप्रधानमन्त्री रजाक

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । ६९ वर्षीय रजाकले भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि  जेल सजाय पाएका हुन् ।

उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो ।

उच्च अदालतको यो फैसलासँगै उनले १२ वर्ष जेल बिताउनुका साथै २१ करोड रिङ्गिट जरिवाना पनि तिर्नुपर्ने बताइएको छ।

सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी एक अदालतबाट दोषी ठहर भएका थिए।

सन् २०२० को जुलाईमा दोषी ठहर भएका उनी अपीलपछि जमानतमा रिहा भएका थिए।

उनी मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved