आफूलाई गरेको निलम्बनबारे पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

नेपालभ्युज

आफूलाई गरेको निलम्बनबारे पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ ।

केही समयअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र लेख्दै एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।

फिफा महासचिवलाई लेखेको पत्रमा धरले सर्वोच्च अदालत समक्ष मुद्दाको अद्यावधिक उपलब्ध गराउँदै भनेका छन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन चाहन्छौं कि भारतको सर्वोच्च अदालतले अगष्ट २२ मा आदेश जारी गरी अदालतले बनाएको समिति पूर्ण खारेज गर्‍यो । साथै एआईएफएफले एआईएफएफको दैनिक मामिलाको पूर्ण जिम्मेवारी लिएको छ ।’

‘हामी फिफा र विशेष गरी ब्यूरोलाई एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछौं । निलम्बन फुकुवाका लागि तपाईंको पत्रमा उल्लेख गरिएका सर्तहरू सन्तुष्ट भएकाले एआईएफएफलाई भारतमा फुटबल जारी राख्नलाई जतिसक्दो चाँडो अनुमति दिन अनुरोध गर्दछौं,’ पत्रमा थप भनिएको छ ।

एआईएफएफको कार्यसमितिका लागि सेप्टेम्बर २ मा निर्वाचन पनि तय भएको छ । सर्वोच्च अदालतले समिति खारेज गर्दै निर्वाचन एक सातापछि गर्नका लागि फिफासँग आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved