भारतीय शीर्ष नेताको हत्या गर्ने योजना बनाइरहेका आईएस लडाकु रुसमा पक्राउ

पैगम्बर मोहम्मदप्रति अपमानजनक टिप्पणी गरेको आरोपमा भारतका केहि शीर्ष नेतामाथि आत्मघाती हमलामार्फत हत्याको योजना बनाएका एक लडाकु रुसमा पक्राउ परेका भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

नेपालभ्युज

भारतीय शीर्ष नेताको हत्या गर्ने योजना बनाइरहेका आईएस लडाकु रुसमा पक्राउ
सांकेतिक तश्वीर

मस्को।  भारतका शीर्ष नेताको हत्या योजना बनाइरहेका अन्तर्राष्ट्रिय इस्लामिक संगठन आईएसका एकजना लडाकु रुसमा पक्राउ परेका छन् । पैगम्बर मोहम्मदप्रति अपमानजनक टिप्पणी गरेको आरोपमा भारतका केहि शीर्ष नेतामाथि आत्मघाती हमलामार्फत हत्याको योजना बनाएका एक लडाकु रुसमा पक्राउ परेका भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

उनलाई रुसको संघीय सुरक्षा सेवा एफबीएसले पक्राउ गरेको खबरमा उल्लेख छ । उनले आईएसमा निष्ठावान रहेको सपथ र आत्मघाती हमलाको प्रशिक्षण समेत लिइसकेका थिए । उनले टेलिग्राममार्फत विभिन्न व्यक्तिसँग गरेको कुराकानीका आधारमा भारतमा आत्मघाती हमला गर्ने र शीर्ष नेताको हत्याको योजना बनाएको खुलेको एफएसबीले जनाएको छ । बयानका क्रममा पनि उनले योजना बनाएको स्वीकार गरेका छन् ।

भारतीय जनता पार्टीकी तत्कालिन प्रवक्ता नुपुर शर्मा र दिल्लीका प्रवक्ता नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदको अपमान हुनेगरी टिप्पणी गरेको भन्दै चौतर्फी विरोध भएको थियो । भाजपाले दुवैलाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको छ । यसै विषयलाई लिएर अरबका देश र भारतबीचको सम्बन्धमा पनि तनाव उत्पन्न भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved