स्वेच्छाचारी ढंगले कानून संशोधन गरेर पीडितको आँसुमा खेलवाड नगर : केपी ओली

नेपालभ्युज

स्वेच्छाचारी ढंगले कानून संशोधन गरेर पीडितको आँसुमा खेलवाड नगर : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याएर पीडितको आँसुमा खेलवाड नगर्न  चेतावनी दिएका छन् । एमालेको केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रधानमन्त्री समेत रहेका ‌ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले  स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजे विधेयक च्यातिने बताउँदै संसदको सबभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग सल्लाहनै नगरी कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको आरोप लगाए ।

‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’ उनले भने ।

स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको भन्दै उनले सरकारलाई खबरदारी गरेका उनले भने, ‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुग्याउनुपर्‍यो, सद्भाव कायम गर्नुपर्‍यो, मेलमिलाप हुनुपर्‍यो ।’

उनले अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने भन्दै उनले पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याएँ भनेर कसैले घोषणा गर्दैमा नटुंगिने  बताए ।

आगामी मंरि ४ गते हुने निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने भन्दै उनले अहिले देश नै एमालेमय भएको जिकिर गरे । गठबन्धनवालाहरुले सिटको हिसाबकिताब गर्दैमा समय व्यतित हुने तर एमालेले देशव्यापी रुपमा जित्ने उनको दाबी थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved