प्रिमियर लिग : तेस्रो जितसहित आर्सलन शीर्ष स्थानमा, टोटनहमले उल्भ्सलाई हरायो

शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो ।

नेपालभ्युज

प्रिमियर लिग : तेस्रो जितसहित आर्सलन शीर्ष स्थानमा, टोटनहमले उल्भ्सलाई हरायो

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्ककासाथ १४ औँ स्थानमा छ ।

गएराती भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ । लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो । साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ । अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ । एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।

आइतबार भएको पहिलो खेलमा  टोटनह्यामले उल्भ्सलाई १–०  गोलले हरायो । उसका लागि खेलको ६४औँ मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ । उल्भ्स एक अङ्कसहित १७औँ स्थानमा छ ।

अङ्क तालिकामा म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटीले आइतबार न्युकासलसँग खेल्दैछ । यस्तै, आज चेल्सी र लिड्स युनाइटेडबीच पनि खेल हुनेछ । दुई खेलमा अङ्क जोड्न नसकेको म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पुछारमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved