धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

नेपालभ्युज

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै
फाइल फोटो

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रर्वद्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ ।

डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।

विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved