फिनल्याण्डकी प्रधानमन्त्रीले रक्सी पिएर मस्ती गरिरहेको भिडियो सार्वजनिक, विपक्षीद्धारा चर्को आलोचना

एक नेताले त प्रधानमन्त्री मारिनमाथि लागूऔषध परीक्षण गराउन माग गरेका छन्। ३६ वर्षीया मारिनले लागूऔषध सेवनको आरोप अस्वीकार गर्दै आफूले रक्सी मात्र पिएको र उन्मत्त तरिकाले पार्टी गरेको बताइन्।

नेपालभ्युज

फिनल्याण्डकी प्रधानमन्त्रीले रक्सी पिएर मस्ती गरिरहेको भिडियो सार्वजनिक, विपक्षीद्धारा चर्को आलोचना

काठमाडौं। रात्री क्लबमा रक्सी पिएर रमाइलो गरिरहेको भिडियो सार्वजनिक भएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आलोचनाको सामना गर्नु परेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनी फिनल्याण्डका सेलिब्रेटीहरूसहित साथीहरूसँग नाच्दै गाउँदै गरेको देखिएकी छन् ।

उनले विपक्षी दलहरूबाट आलोचनाको सामना गर्नु परेको छ । एक नेताले त प्रधानमन्त्री मारिनमाथि लागूऔषध परीक्षण गराउन माग गरेका छन्। ३६ वर्षीया मारिनले लागूऔषध सेवनको आरोप अस्वीकार गर्दै आफूले रक्सी मात्र पिएको र उन्मत्त तरिकाले पार्टी गरेको बताइन्।

गत हप्ता मात्रै मारिनलाई जर्मन न्यूज आउटलेट बिल्डले “विश्वको सबैभन्दा सुन्दर प्रधानमन्त्री” भनेर चिनाएको थियो।  बिहीबार भिडियोमा टिप्पणी गर्दै उनले पार्टीमा कसैले आफ्नो भिडियो खिचिरहेको थापा पाएको तर भिडियो सार्वजनिक भएकोले दुःखी भएको बताइन्।

“मैले नाचगान र पार्टी गरें, पूर्ण रूपमा कानुनभित्र रहेको छु, मेरो व्यक्तिगत विषय बाहिर आएकोमा दुख लाग्यो ।”  उनले भनिन् ।  विपक्षी पार्टीका नेता  रिक्का पुराले प्रधानमन्त्री मारिनलाई स्वैच्छिक औषधि परीक्षण गर्न आह्वान गर्दै प्रधानमन्त्रीमाथि “शङ्काको छाया” झुण्डिएको बताए।

“मेरो पारिवारिक जीवन छ, मसँग काम गर्ने जीवन छ र मसँग मेरा साथीहरूसँग बिताउन फुर्सदको समय छ। यसमा धेरै आपत्ति जनाउन उपयुक्त छैन ।”  प्रधानमन्त्री मारिनले भनिन्।

उनले आफ्नो बानी परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको समेत बताइन् । “म अहिले सम्म जस्तै व्यक्ति बन्न जाँदैछु र मलाई आशा छ कि यो स्वीकार गरिनेछ ।” उनले थपिन् ।

मारिन डिसेम्बर २०१९ देखि सत्तामा छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved