नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेट पाकिस्तानले जित्यो

नेपालभ्युज

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेट पाकिस्तानले जित्यो

काठमाडौं। नेदरल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेट पाकिस्तानले १६ रनले जितेको छ ।

रोटरडममा पाकिस्तानले दिएको ३  सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्रै बनाउन सक्यो  । उसका लागि स्कट एडवार्डले नटआउट ७१ र टम कुपरले ६५ रन बनाए । बलिङ्तर्फ पाकिस्तानका ह्यारिस  रौफ र नशिम शाहले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ् गरेको पाकिस्तानका लागि फखर जमामले १ सय ९ र कप्तान बाबर आजमले ७४ रन बनाए । ३ खेलको एकदिवसीय शृङ्खला खेल्न पाकिस्तान नेदरल्याण्ड्सको भ्रमणमा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved