स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुवात

नेपालभ्युज

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुवात
तश्वीर: रियल मड्रिडको ट्विटर

काठमाडौं।  स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । आइतबार राती १–० ले पछि परेको स्थिति उल्ट्याएर रियलले घरेलु टोली अल्मेरियालाई २–१ गोलले हरायो ।

रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलाबाले गोल गरे । अल्मेरियाका लार्जी रमाजानीले छैटौं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर उसले अग्रता जोगाउन सकेन ।

रियलका लागि ६१औं मिनेटमा भास्क्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि डिफेन्डर अलाबाले मैदान छिर्ने बित्तिकै फ्रिकिकमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । जीतसँगै रियल मड्रिडले ३ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved