युक्रेनी सेनाले खेरसन जाने अर्को पुल पनि भत्कायो, रुसी सेनालाई अफ्ठेरो पर्ने

दैनिक खुफिया अपडेटमा बेलायतका रक्षा अधिकारीहरूले युक्रेनी  हमलाहरूले नीपर नदी पार गर्ने सडक र पुललाई ध्वस्त बनाएकाले अब रुसी सेना थप अफ्ठेरोमा पर्ने जनाएको छ ।

नेपालभ्युज

युक्रेनी सेनाले खेरसन जाने अर्को पुल पनि भत्कायो, रुसी सेनालाई अफ्ठेरो पर्ने

कीभ। युक्रेनले दक्षिणी खेरसन क्षेत्र कब्जा गरेको रुसी सेनाका लागि अत्यावश्यक रहेको अर्को पुल पनि भत्काइदिएको जनाएको छ । युक्रेनले नोभा काखोभकाको बाँधमा रहेको पुल भत्काइदिएको बताएको छ । तर युक्रेनको दाबीको स्वतन्त्र रूपमा प्रमाणित नभएको बीबीसीले जनाएको छ।

युद्धको शुरुवाती दिनमा रुसले कब्जा गरेको खेरसन सहरतर्फ अहिले युक्रेनले प्रतिआक्रमण गरिरहेको छ। “नोभा काखोभका बाँधको सडक पुलको विनाश यसअघि नै सुनिश्चित थियो, जसको परिणामस्वरूप अहिले युक्रेनले भत्काएको छ।” युक्रेनी सेनाको अपरेशनल कमाण्डले फेसबुकमा लेखेको छ।

दैनिक खुफिया अपडेटमा बेलायतका रक्षा अधिकारीहरूले युक्रेनी  हमलाहरूले नीपर नदी पार गर्ने सडक र पुललाई ध्वस्त बनाएकाले अब रुसी सेना थप अफ्ठेरोमा पर्ने जनाएको छ ।  “रूसी सेनाले पुलहरूको महत्त्वपूर्ण मर्मत गर्न नसकेमा उनिहरु ठूलो जोखिममा रहनेछन् ।” बेलायतको रक्षा मन्त्रालयले भनेको छ ।

युक्रेनले यसअघि नै खेरसन पुग्ने एन्टोनिभस्की पुल मिसाइल आक्रमणबाट ध्वस्त बनाएको थियो । त्यो पुललाई अहिले रुसी सेनाले सामान्य मर्मत मात्रै गरेको छ ।

यो आक्रमण रुसी सेनालाई एक्लो पार्ने युक्रेनी प्रयासको एक हिस्सा भएको र सम्पूर्ण क्षेत्रलाई पुनः कब्जा गर्ने अन्तिम लक्ष्यको साथ आक्रमण गर्ने युक्रेनको तयारी छ ।  युद्ध अघि करिब २ लाख ९० हजार जनसंख्या भएको खेरसन हाल रुस समर्थित अधिकारीहरूद्वारा प्रशासित छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved