निहारिकालाई भेटेपछि बालेनको प्रश्न- न्यायका लागि एउटी आमा जल्न तयार हुनुपर्ने ?

नेपालभ्युज

निहारिकालाई भेटेपछि बालेनको प्रश्न- न्यायका लागि एउटी आमा जल्न तयार हुनुपर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । शाहले शनिबार शिक्षण अस्पताल पुगेर  निहारिकालाई भेटेको

तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै यस्तो प्रश्न गरेका हुन् ।

उनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएर एउटी आमाले जल्न तयार हुनु पर्ने हो ? भन्दै रोष प्रकट गरेका छन् ।

‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’ उनले फेसबुकमा लेखेका छन् ।

अस्पतालमा  करिब १० मिनेट कुराकानी गरेका बालेनले निहारिकाको न्यायको लडाईँमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाउँदै कानूनी सहायता गर्ने आश्वासन समेत दिएका थिए ।
निहारिकाले  आफुलाई न्याय  चाहिएकोले आफूलाई सहयोग गरिदिन आग्रह गरेकी थिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved