विश्वकप फुटबलको खेल तालिका परिवर्तन

नेपालभ्युज

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

एजेन्सी। विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ ।

निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले घोषणा गरेको छ ।

मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्यान्डस्बीचको खेल सोही दिन हुनेछ, तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्कप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि, मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।

फिफाले विश्वकप फुटबल प्रतियोगितको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved