एन्फाको मानार्थ अध्यक्षमा श्रेष्ठ

नेपालभ्युज

एन्फाको मानार्थ अध्यक्षमा श्रेष्ठ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

बिहिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन गरेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ भने प्रवक्ताको जिम्वेवारी सुरेश शाहलाई दिइएको छ ।

बैठकले नवीन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउने निर्णय पनि गरेको छ । उनलाई एन्फाको पहिलो कार्यसमिति बैठकबाट विदेश विभाग प्रमुखमा नियुक्त गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved