नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चले दियो अल्पकालीन आदेश

नेपालभ्युज

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चले दियो अल्पकालीन आदेश
फाइल फाेटाे

काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएपछि उक्त निर्देशनविरुद्ध मंगलबार अस्पतालले सर्वोच्चमा रिट दायर गरेको थियो  ।

अस्पतालले दायर गरेको रिटमाथी बुधवार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved