नेपालमा ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालभ्युज

नेपालमा ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । २४ घण्टामा  नेपालमा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कुल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । ६ हजार ३०० नमुना परीक्षणमा मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टामा ४१४ निको र ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved