एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत कुनै दलसँग छैन : विष्णु पौडल

नेपालभ्युज

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत कुनै दलसँग छैन : विष्णु पौडल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले स्थानीय निर्वाचन जस्तै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।

नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,’ पाैडेलले भने, ‘एमालेविरुद्धमा चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीमा देखिएन। एमालेका विरुद्धमा चुनाव लड्ने मात्र होइन, नोमिनेशन गर्ने आँट भएको पार्टी पनि नेपालमा छैन। आजको यथार्थ यही हो।’

उनले भने,  ‘नेपालको राजनीतिमा एमाले नामको यस्तो पार्टीको उदय भएको छ, जसको विचारसँग कुनै पार्टीको विचारको तुलना नै हुँदैन । एमालेसँग तुलना हुने कुनै पार्टी छैन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved