महिला युरोकप : जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्यो ऐतिहासिक उपाधि

इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा २-१ गाेलले हराउँदै उपाधि जितेको हो  ।

नेपालभ्युज

महिला युरोकप : जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्यो ऐतिहासिक उपाधि

काठमाडाैं । महिला युराेकप फुटबल प्रतियोगिताको उपाधि इंग्ल्याण्डले जितेको छ । लण्डनको वेम्बली रंगशालामा गएराती भएको भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा २-१ गाेलले हराउँदै उपाधि जितेको हो  । इंग्ल्याण्डले पहिलाे पटक युरोकपकाे उपाधि जितेर इतिहास पनि रचेको छ।

इंग्ल्याण्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काईन् । ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकाेमा ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछ गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयको १ सय १० औँ मिनेटमा इंग्ल्यान्डकी केलीले गोल गरिन र देशलाई ऐतिहासिक उपाधि दिलाइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved