बैतडीबाट ३ वर्षमा २ सयजना हराए

बैतडीबाट ३ वर्षमा २ सयजना हराए
सांकेतिक तस्वीर

बैतडी । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन्। सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन्। ५९ जना अझै सम्पर्कविहीन रहेका छन्।

हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ।

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन्। हराएको समयमा  प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना नभेट्टिएको र कतिपयले  प्रहरीमा खबरै नगर्ने पनि गरेका छन्।

पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved