धारिलो ढुंगा प्रहारबाट म्याग्दीमा वृद्धाको मृत्यु, नातिनी र छिमेकी घाइते

नेपालभ्युज

धारिलो ढुंगा प्रहारबाट म्याग्दीमा वृद्धाको मृत्यु, नातिनी र छिमेकी घाइते
प्रतिकात्मक तस्वीर।

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा धारिलो ढुंगा प्रहारबाट एक वृद्धाको हत्या भएको छ ।

शनिबार दिउँसो ढुंगा प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनामा दुई जना घाइते छन् । सात वर्षीया प्रियंका गर्बुजा र ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । प्रियंका मनिषकी नातिनी हुन् भने गर्बुजा छिमेकी हुन् ।

प्रहरीकअनुसार घाइते दुवै जना मनिषालाई ढुंगा हानेको देखेर बचाउन गएका थिए । त्यसैबेला आक्रमणकारीले उनीहरुमाथि चिर्पट प्रहार गरेको हो । चिर्पट प्रहार गरेलगत्तै आक्रमणकारी भागेका हुन् ।

हत्यामा संलग्नको पहिचान गरी खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved