गठबन्धनले घाटा भयो, अब आफ्नै खुट्टामा उभिन्छौं : माधव नेपाल

नेपालभ्युज

गठबन्धनले घाटा भयो, अब आफ्नै खुट्टामा उभिन्छौं : माधव नेपाल
फाइल तस्वीर

काठमाडौैं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । ‘गठबन्धनको गीत मात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरेअनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो।’

उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए।

अबको संघ/प्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने नेपालको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो।’

उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए । उनले भने, ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन ।’ पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए।

वर्तमान सत्ता गठबन्धन अबको चुनावसम्म पनि कायम राख्नुपर्ने नेता नेपालको भनाइ छ ।  उनले आफूहरूले सच्चा कम्युनिस्ट पार्टी बनाउन खोजेको  दाबी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved