अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन: कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनको काेराेना रिपोर्ट पुन: पोजेटिभ आएको छ । 

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन: कोरोना संक्रमण

काठमाडाैं। अमेरिकी राष्ट्रपति जो बाइडेनको काेराेना रिपोर्ट पुन: पोजेटिभ आएको छ ।

७९ वर्षीय बाइडेनलाई २१ जुलाईमा पहिलो पटक काेराेना भाइरसको संक्रमण भएको थियो । पहिलाेपटक संक्रमण हुँदा उनले हल्का लक्षणहरू अनुभव गरिरहेको बताएका थिए ।

डाक्टरहरूले शनिबार बाइडेनकाे नमुना पुन परीक्षण गरेकोमा पुन पाेजेटिभ देखिएको बीबीसीले जनाएको छ । बाइडेनले एक भिडियाे पाेष्ट गर्दै आफ्नाे रिपाेर्ट पाेजेटिभ आएकाे तर खास लक्षण भने नदेखिएकाे बताएका छन् ।

बाइडेनले गत हप्ता मंगलबार र शुक्रबारको बीचमा चार पटक परीक्षण गराएकाेमा चार पटक नै रिपाेर्ट नेगेटिभ आएकाे थियाे । शनिबारको परीक्षणमा भने उनलाई संक्रमण देखिएकाे खबरमा उल्लेख छ ।

बाइडेनका चिकित्सक डाक्टर केभिन ओकनरले उनलाई कुनै उपचारको जरूरी नभएकाे तर निगरानीमा रहने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved