पाँच दलीय गठबन्धन निर्वाचनपछि पनि कायम रहन्छ : अध्यक्ष नेपाल

गठबन्धन अहिलेको आवश्यकता हो उनले भने  “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन।”

नेपालभ्युज

पाँच दलीय गठबन्धन निर्वाचनपछि पनि कायम रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म कायम रहने बताएका छन्।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिवार सदरमुकाम सिलगढी पुगेका अध्यक्ष नेपालले गठबन्धनमा रहेका दलहरु चुनावपछि सम्म यसको निरन्तरताका लागि सहमत भएको बताए।

गठबन्धन अहिलेको आवश्यकता हो उनले भने  “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन।”

गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताएका नेता नेपालले, सङ्घ÷प्रदेशको निर्वाचनमा राम्रो परिणाम आउने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved