नेपालमा एउटा मात्रै माओवादी पार्टी रहेको प्रचण्डको दाबी

गएको स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भएको तर्क गर्दै प्रचण्डले, भने ‘‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन।’’

नेपालभ्युज

नेपालमा एउटा मात्रै माओवादी पार्टी रहेको प्रचण्डको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब एउटा मात्र माओवादी बाँकी रहेको दाबी गरेका हुन्।

पार्टी सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको पार्टी माओवादी केन्द्र मात्र बाँकी रहेको दाबी गरेका हुन्।

 

गएको स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भएको तर्क गर्दै प्रचण्डले, भने ‘‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन।’’

१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको उनको भनाई छ।

स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताएका प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने र स्थानीय तह निर्वाचनमा भएका कमजोरी सुधार्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved