एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गरिनुपर्ने सांसदहरूको माग  

नेपालभ्युज

एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गरिनुपर्ने सांसदहरूको माग  

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरूले त्यो पत्र माग गरेका हुन् ।

सांसद पवित्रा निरौलाले नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेर सुनाउनुपर्ने  माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरेकी छिन् । ‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् ।

सांसद घनश्याम खतिवडाले पनि सार्वभौम संसदले पत्रबारे पनि जानकारी पाउनुपर्ने बताए । ‘के शब्दहरू लेखेर पठाउनुभयो । जनताको सार्वभौम सम्पन्न संसदले त्यो जानकारी राख्न पाउनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे ।

अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे । ‘परराष्ट्रमन्त्रीले पत्र पनि सरर वाचन गर्नुहुन्छ भन्ने अनुमान थियो । तर गर्नुभएन’ उनले भने, ‘जवाफ दिन जाँदै हुनुहुन्छ पत्र पनि पढेर सुनाउनुहुन्छ भन्ने विश्वास गर्छु । माग गर्छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved