प्रेस युनियनको महाधिवेशन आजबाट, संस्थापन र इतर पक्षबीच कडा प्रतिस्पर्धा

नेपालभ्युज

प्रेस युनियनको महाधिवेशन आजबाट, संस्थापन र इतर पक्षबीच कडा प्रतिस्पर्धा

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको ९ औँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रेका छन्।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौँडा पुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालले दावेदारी प्रस्तुत गरेका छन् ।

आजै निर्वाचनको प्रक्रिया शुरु हुनेछ। भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ ।

सो महाधिवेशनमा संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भीष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल र इतर समूहबाट दिलीप पौडेल बीच तीव्र प्रतिस्पर्धा हुनेछ।

संस्थापन पक्षका उप महासचिवका उम्मेदवार केशव साउद र इतर समूहबाट विष्णु क्षेत्री रहेका छन् भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् । दुवै समूहका आआफ्नै प्यानल छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved