चार वर्षका लागि बार्सिलोना पुगे लेवान्डोस्की

“अन्तत म यहाँ आइपुगेको छु, बार्सिलोनामा आउन पाउँदा मेरो खुशीको सीमा छैन,” सम्झौतापछि लेवान्डोस्कीले भने।

नेपालभ्युज

चार वर्षका लागि बार्सिलोना पुगे लेवान्डोस्की

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई टिममा अनुबन्धित गरेको छ।

बार्साले जर्मन क्लब बायर्न म्युनिखबाट ५० मिलियन युरोमा लेवान्डोस्कीलाई टिममा भित्राएको हो। लेवान्डोस्कीले बार्सिलोनासँग चार वर्षका लागि सम्झौता गरेका छन्।

“अन्तत म यहाँ आइपुगेको छु, बार्सिलोनामा आउन पाउँदा मेरो खुशीको सीमा छैन,” सम्झौतापछि लेवान्डोस्कीले भने, “मैले सधैँ ला लिगामा खेल्न चाहेको छु र त्यो पनि ठूला क्लबहरुबाट। म बार्सिलोनालाई पुनः पहिलेकै शीर्ष स्थानमा पुराउन र बढीभन्दा बढी उपाधि दिलाउन यहाँ आएको हुँ।”

३३ वर्षीय लेवान्डोस्कीले बायर्न म्युनिखसँग एक वर्षको सम्झौता बाँकी रहँदा नै क्लब छाड्ने घोषणा गरेका थिए।

गत सिजन बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेस लिगाको उपाधि दिलाउनमा लेवान्डोस्कीको महत्वपूर्ण योगदान थियो। गत सिजन उनले क्लबका लागि ४६ खेलमा ५० गोल गरेका थिए।

आठ वर्ष बार्यनमा रहँदा उनले कुल ३७४ खेलमा ३४४ गोल गरेका छन्। क्लबको उच्च गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा छन्। बायर्नमा रहँदा उनले आठ सिजन नै लिग उपाधि जितेका छन्।

यो सम्झौतासँगै उनी प्री–सिजन टुरका लागि अमेरिकाको भ्रमणमा रहेको बार्सिलोनाको टिममा सामेल भएका छन्। बार्साले अमेरिकामा चार मैत्रीपूर्ण खेल खेल्दै छ।

लेवान्डोस्की सन् २०१४ मा फ्रि–ट्रान्सफरमा अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बायर्न गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved