सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द

सडक बगाउँदा धनगढी, काठमाडौंलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन्।

नेपालभ्युज

सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द

बझाङ। बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो।

नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ। अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन्।

गत वर्ष ३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनर्निर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो।

सडक बगाउँदा धनगढी, काठमाडौंलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved