देशभर मौसम बदली, पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

आज बिहानदेखि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

नेपालभ्युज

देशभर मौसम बदली, पश्चिमी भेगमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं। अहिले देशभरको मौसममा बदली भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपासमा अवस्थित हुँदा मौसममा बदली आएको हो।

आज बिहानदेखि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। अहिले लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा भइरहेको छ।

आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि (बिहीबार) पनि देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको महाशाखाको पूर्वाअनुमान छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved