रंगशाला अनुगमन गर्न मुलपानीमा खेलकुदमन्त्री, युद्धस्तरमा निर्माण अघि बढाउन निर्देशन

नेपालभ्युज

रंगशाला अनुगमन गर्न मुलपानीमा खेलकुदमन्त्री, युद्धस्तरमा निर्माण अघि बढाउन निर्देशन

काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन्।

निरीक्षणका लागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिएका छन्।

आगामी २ वर्षभित्रै सम्पन्न हुनेगरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिँदै मन्त्री अथकले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताए।

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनीहरुको हौसला समेत बढाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved