नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा

नेपालभ्युज

नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा

काठमाडौं। फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बिच लिग खेल्ने ६ मध्ये ४ टिमको आधिकारीक घोषणा गरेको हो।

लिगमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।

कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, लुम्बिनीको संजय शर्मा, विराटनगरको विक्रम यादव र जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी छन्। पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बाँकी दुई टिमको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए।

क्यानले पहिलोपटक फ्रेन्चाइज लिगको रुपमा नेपाल टी–ट्वान्टी लिगको आयोजना गर्न लागेको हो। लिगमा सहभागी हुने ६ शहरका फ्रेन्चाइज टिम किन्नका लागि क्यानले यसअघि नै दर्खास्त आह्वान गरेको थियो।

नेपाल टी–ट्वान्टी लिग आगामी ८ असोजदेखि ५ कार्तिकसम्म आयोजना हुनेछ।

लिगलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि मान्यता दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved