साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

नेपालभ्युज

साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं। साफ यू–२० च्याम्पियनसिप फुटबलका लागि नेपाली २३ सदस्यीय टिमको घोषणा भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार प्रतियोगिता खेल्ने अन्तिम टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

साफ यू–२० च्याम्पियनसिप अर्को सातादेखि भारतमा आयोजना हुँदैछ। च्याम्पियनसिपको पहिलो खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपालसँगै आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टिमको सहभागिता रहनेछ।

राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि भिडन्त गर्नेछन्।

यी हुन् टिममा सहभागी खेलाडी :

गोलकिपर – ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख।
डिफेण्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा।
मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान।
फरवार्ड – दीपेश राई, निरन्जन मल्ल, रोहन खड्गी।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved