नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा भएको अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

नेपालभ्युज

नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा भएको अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न
????????????????????????????????????

इलाम। नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तिन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाल विभिन्न जिल्लाबाट कुल ३४ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आईसीसी प्यानल अम्पायर बुद्धि बहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा नि।वर्तमान सदस्य सचिव परशुराम बस्नेत कृष्ण, नेपाल क्रिकेट संघ क्यानका कोषाध्यष रोशन कुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रीय इन्चार्ज दीपेन्द्र प्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तिन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपाल भरि नयाँ अम्पायर तथा स्कोररहरु उत्पादन हुने विश्वास व्यक्त गरे । उनले नेकोस राष्ट्रिय क्रिकेट संघले क्यानसँग सहकार्य गरेर यो कार्यक्रम आयोजना गरेकोमा संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा इलाम जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले यो प्रशिक्षण कार्यक्रमले आफ्नो जिल्लामा पनि अम्पायर र स्कोरर उत्पादन हुने र इलाममा क्रिकेट गतिविधिहरू अझै बढेर जाने विश्वास व्यक्त गरे ।

नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष विप्लव घोषले नेकोस राष्ट्रिय क्रिकेट संघले अब निकट भविष्यमा ‘ओ’ लेभल क्रिकेट कोचिङ कोर्स आयोजना गर्ने र महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved