पञ्जाब उपचुनावमा इमरान खानको पार्टी विजयी

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधान सभाको २० सिटमा आइतबार भएको महत्त्वपूर्ण उपचुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ।

नेपालभ्युज

पञ्जाब उपचुनावमा इमरान खानको पार्टी विजयी

इस्लामबाद। पञ्जाब विधान सभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ। पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधान सभाको २० सिटमा आइतबार भएको महत्त्वपूर्ण उपचुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ।

आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेदवारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधान सभा सिटमा विजय हासिल गरेको छ। जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ।

आफ्नो पार्टीको उप–चुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved