एसईईको नतिजा १० दिनभित्र : राष्ट्रिय परीक्षा बोर्ड

नेपालभ्युज

एसईईको नतिजा १० दिनभित्र  : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १० दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

२० वैशाखमा सम्पन्न एसईई परीक्षाको नतिजा १० दिनभित्र सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनले भने, ‘‘नतिजा छिट्टै सार्वजनिक गर्छौँ। तर ठ्याक्कै यो दिन त भन्न सकिँदैन, १० दिनभित्र प्रकाशन गर्ने तयारीमा छौँ।’’

यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार बोर्डले प्रदेशलाई दिएको छ।

प्रदेशबाट पनि उत्तरपुस्तिका परीक्षण भइसकेको उनले जानकारी दिए।

९ वैशाखमा भएको एसईईमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved